Header Ads

#आमा_यसपालिको_दशैमा_त.........?

बुवालाइ भन्न डर लाग्थ्यो त्यसैले म जे कुरा पनि आमालाइ सुनाउथे पैला😍
"आमा सुन्नुन!" अलि डराउँदै आमालाइ बोलाउने प्रयास गरे।
"हँ! के भयो?" मकैबारीका भित्ता खुर्कदै गरेकी मेरी आमाले कोदाली आलीमा दर्होसँग गाड्दै म तिर हेर्नुभयो।
"मलाई दशैँमा....." मेरो आवाज त्यो भन्दा अघि बढ्न सकेन।
"के भनेको राम्ररी भन!" कम्मरको रातो पटुकाले अनुहारदेखी घाँटीसम्म पुछ्दै आमाले मेरा घाँस काट्दै गरेका हाततिर हेर्नुभयो।😑
"पोहोर साल सिलाएको स्कुल जाने निलो पेन्ट पछाडी दुबैपट्टी दुलो परेको छ, कम्मर र लम्बाइपनी एकपटक त बनाएको तर छोटो भएर लाउनै हुदैन! यो दशैँमा एकजोर सर्ट पाईन्ट किनिदिनु न है! फेरि फस्ट भईस भने किनिदिउँला भन्नुभाथ्यो म फस्ट पनि त भएँ। म सँग सर्ट किन्ने त पैसा छ पोहोर देउसी खेलेर भाग लगाउदा पाएको पैसाले किनेको कुखुरो बेचेको।" सबै कुराहरु कतै नाँई नभन्नुहोस भनेर एकैस्वरमा भनिदिएँ।
" यो बर्खाभरी राम्रोसँग भैंसी हेर! म बुबालाइ भन्छु।" आमाले केही सर्तमा सहमती दिनुभयो।
अब मलाई बर्खाभरी मेरो सपनाको आधार बनाउनु अर्को सपना भयो। बिहानै भैंसी फुकाएर एउटा पुरानो झोलामा किताब हालेर जाने र बेलुका फर्कने मेरा दिनचर्या बन्न थाल्यो।
सर्त अनुसार भैँसी बेलुका फर्काउँदा अघाएको हुनुपर्थ्यो ताकी धेरै दूध दिएर धेरै घिउ झिक्न सकियोस। घिउ बेचेर न पैसा कमाउनु थ्यो।
Image may contain: one or more people, people standing and outdoor
कसैको बाली खुवाउन पाँंइदैन्थ्यो। म अझै भन्न सक्दिन भैँसीको पेटमा कतिपटक हेर्थेँ, जहाँ मेरो सपना लुकेको थियो। कति पटक भैँसीको पेटको कुना नपुरीएर झिसमिस सम्म चराउँथे। पुरै पेट भरी नभएसम्म घर लादिन थे भैसिलाइ।
यसरीनै बर्खा सकियो। मलाई पर्खाई दशैँको थ्यो, तबसम्म म आफ्नै साथीभाईको "ओइ हेर न यसको चस्मा रहेछ पछाडि पेन्टमा!" भन्ने गिज्याइलाई सहिरहन्थे!
जव मेरो पाईन्टको अगाडिको खिप समेत टुट्यो। ईजारको पेटि बनाएर लागाएर म सकेसम्म सर्टले छोप्ने कोसिस गर्थे, तर कहाँ छोपिन्थ्यो र ! त्यो भन्दा धेरै त मेरो मन फाटेको थियो होला उनिहरुको बचनले। तर टाल्ने टाला र कस्ने इजार कहाँ पाईन्थ्यो र!
नौरथ लाग्यो! आमाले "अर्को शनिबार बजार जाने तँलाई कपडा ल्याइदिनु छ!" भनेर भनेदेखी मेरा दिनहरु खुसीले घमाइला भए। अनुहार खुसीले पोतिएर चमक्क चम्किए। ती घडी र दिनका हिसाब मेरो दिमागभरी अटाईनसक्नुका भए। शनिबारको त्यो दिनलाई मैले सेकेन्ड सेकेन्ड गनेर पर्खिए।
दिनभरी बाटो हिड्ने चिनेका जति बटुवालाई मैले कतिपटक "हाम्रो बुबा आमालाई बजारमा देख्नुभयो ?"भनेर सोधेँ थाहा भएन। बेलुका सबैथोक सकाएर आधाबाटोसम्म खुसिले कुद्दै गएर पर्खने म सपनाको कति भोको थिँए! ती थान कपडालाइ कति मुसार्दै बसेँ त्यो रातभरी त्यति मेरी आमाले मलाइ मुसारेकी थिइनन होला सायद ।
अझ म माथी सर्त थपिन्छन! दशैँभरीलाई पुग्ने घाँस काट्दै आधादिन गोरु चराएर पानी खुवाउनुपर्ने। मैले फेरीपनी मन्जुरी जनाए।
लुगा सिलाउने दाईलाई बोलाएर छेकाएर म अस्टमीमा काटेको खसीको कान खाँदै पिङ खेल्न र साथीहरुसँग रमाउन कुद्न थाले। एक एक हिसाब हुन्थ्यो दक्षिणाको बाबै!
खानलाई मासु लगाउनलाई नयाँ लुगा थिए त के को कमी छ भनेझैँ भयो जिन्दगी। नयाँ लुगा लगाएर मावल गैयो। कतै फोहोर लाग्ला कि भनेर सेतो सर्ट र निलो पाइन्ट अनि खुट्टाका चप्पल कति जोगाएँ। अरुका लुगासँग कति दाजियो । कहिले टाँक गनेर जितियो कहिले गोजि गनेर जितियो तर अह !brand हेरेर कहिले कसैले जितेन ।
एकादशी दुवादशी हुँदै दसैं सक्किदै गयो, कहिले आउला फेरि भनेर दुख लाघ्थ्यो! फेरि तिहार आउदैछ भनेर मन बुझाउँथे।
र पो दशैँ आएझैँ लाग्थ्यो! आज आफै नया कपडा किन्ने सामर्थ्य छ ,आज त्यो अभाव छैन म सँग तर पनि न त दशैँ आएझै लाग्छ न त गएझैँ! आजकाल आउँछ त सिरफ कता किनेको कति पैसा हालेर किनेको मात्र आउँछ सबको मुखमा।
#सम्झना😑😐याद आउँछ त्यो पल त्यो बिगत
#Happy_dashain😍
#basanta_upadhyay😍

No comments

Recent in Sports

Powered by Blogger.