Header Ads

आज मरेको मानब हु म पुन जीवित हुदिन



आज मरेको मानब हु म पुन जीवित हुदिन
झरेको पात हु म बोटमा नै गासिन सक्दिन
सुकी सकेको बगर हु म अब मुहान बनेर रसाउदिन
आखा बाट बगिसकेको आशु हु म अब नयनमा रहिरहन सक्दिन।
हजुर दिवकालिन नमस्कार आज पनि तपाईंहरूको सामु उपस्तित भइ सकेको छु हजुर म हेमराज वाग्ले आज राजन थापा जि सानो लेख लिइएर उपस्थित भएको छु
एउटा मरेको मान्छे आत्मा जिवित भएर सोचिरहेको सोच र जिउदो हुदाको सोच कति फरक रहेछ हेरौ त
‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन्। मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् । कोही मेरा गुणको चर्चा गरिरहेका छन् । बाँचुञ्जेल मेरा अवगुण मात्र देख्नेले मरेपछि मेरा सबै गुणमात्र देखिरहेका छन् ।
‘यति छिट्टै मर्ने मान्छे त होइन । भगवानले पनि राम्रै मान्छेलाई मात्र चाँडै लैजान्छ । विचरा आँखामा हाल्दा पनि नबिझाउने, साह्रै जाति ।’
के–के हो के–के ? मलामी आउने क्रम जारी छ । कोही पुरेत खोज्न कुद्दै छन् त कोही हरियो बाँस खोज्न । कोही लाहा भुट्दैछन् त कोही शंख बजाउँदैछन् । घाट लैजाने तयारी हुँदैछ । म आँगनको एक कुनामा बसेर आफैँलाई घाटमा लैजान लागेको दृश्य हेरिरहेछु । जसलाई हिजो म भन्थेँ, त्यो म त मेरो आत्मा रहेछ र म जसलाई माया गर्थेँ, त्यो केवल मेरो शरीर रहेछ । यसबेला म बाँचेको र शरीर मरेको छ । हिजोसम्म मेरा आफ्ना र आफन्त अनि शुभचिन्तकले मलाई हैन म रुपधारण गरेको मेरो शरीरलाई माया गरेका रहेछन् । ख्याल गरेका रहेछन् । म आफैँले पनि मेरो शरीरलाई माया गरेको रहेछु । म को थिएँ र किन आएँ अहिले बुझ्दैछु । म हिजो पनि एउटा आत्मा रहेछु र आज पनि शेष आत्मामै रहेँ । म कहाँ मरेको छु ? तर के गर्ने यी बाँचेकाहले मलाई मरेको ठानी रुवाबासी गरिरहेका छन् ।
म सबैलाई देखिरहेको छु । छुन खोज्छु र बोल्न खोज्छु तर सुन्दैन कसैले । मलाई मर्न र बाँच्नुमा केही फरक छैन किनकी म त सबै देखिरहेकोछु र सबैसँग पहिले जस्तैगरी रमाइरहेकोछु । एउटा भौतिक शरीर पो छैन मेरो । आत्मा त मसँगै छ । बाँच्नेहरुले पो मलाई बिर्सेछन् किनकी जीवित हुँदा आत्माको वास्ता हुने र मरेपछि शरीरको ।
बिस्तारै मेरो लास हरिया बाँसमा कसिँदैछ । यसबेला सबै दुःखी देखिँदैछन् । हिजोका मेरा दुश्मन, शत्रु पनि शोकाकुल भएजस्ता देखिन्छन् । मलाई सत्तोसराप गर्ने पनि भावुक देखिन्छन् ।
यसबेला सबैभन्दा भावुक र पीडित मेरी प्रेमिका अनामिका देखिन्छे । ऊ पनि मेरो मृत्यु संस्कारमा मलामी जान आएकी छे । म उसको नजिक जान्छु र छुन खोज्छु तर उ भक्कानिएकी छे । भित्रभित्रै रोइरहेकी छे र कसैलाई आफ्नो प्रेमको अवसान भएको कुरा खुलेर व्यक्त गर्नसकेकी छैन । म भने एकतमास सबै दृश्य हेरिरहेको छु । मेरी अनामिका जस्तो लगाए पनि सुहाउने आज एकरत्ति सुहाउँदी लागिरहेको छैन । किन हो कुन्नि मलाई उसको बढी माया लागेर आयो । म उसलाई सँगै लिएर जान चाहन्छु । चिच्याउँछु, कराउँछु तर अहँ उसले सुन्ने हैन । विचरी अनामिका, म जीवित हुँदा बेहद माया गर्थेँ । मलाई एउटा नकाटेको चिठ्ठा थिई अनामिका । मैले उसलाई मनभर माया दिएर आफू उसमा समर्पण गरेको थिएँ तर, उसले मेरो त्यो मायालाई वास्ता गरेकी थिई वा बेवास्ता मलाई कहिल्यै थाहा भएन तर मलाई ऊ मेरै हो लाग्दथ्यो । मप्रति नै समर्पित छे जस्तो लागेको थियो । नभनेकी मात्रै त होला भन्ने ठानेको थिएँ । तर आज एक्लै छु म र ऊ पनि एक्लै छे । हिजो जस्तै ।
आज म उसलाई देख्छु तर उसले म भनेर मेरो लाश मात्र देखिरहेकी छे । हरेक दृश्यमा मैले अनामिकालाई देखिरहेकोछु र अनामिकाको दृश्यबाट म हराइसकेको छु । एकहोरो शंख बजिरहेको छ र मलाई सेतो कपडाले बेरिसकिएको छ हरियो बाँसमा । अब पुरेतले केही विधिहरु गरेपछि मलाई घाटतर्फ लाने छन् र म हेर्दाहेर्दै खरानी हुनेछु । तब मेरो आत्मा एक्लो हुनेछ । म उनैलाई पछ्याउँदै आउन सक्छु कि सक्तिनँ थाहा छैन । एकपटक मर्ने हो । मरेको छु । बाँचेकासँग छुट्टिएर एक्लै वन बुट्टामा बस्ने होला यो आत्मा । भौतारिँदै ।
Image may contain: outdoor, water and food
मेरो आत्मारुपी मन चसक्क भयो । अब म मेरी प्रेमिकाको साथमा रहन नपाउँने भएँ भनेर । कलेज पढ्दा भेट भएको थियो अनामिकासँग । गुलाबी रंगको कुर्ता, सेतो सुरुवाल र सेतै सलमा अत्यन्तै खुलेकी थिई । कपाल लामो थियो र एक फन्को फनक्क माथितिर बटारेर बाँधेकी हुन्थी । गोलो, बाटुलो अनुहार थियो र चिउँडोमा सानो खत थियो । हाँस्दा खोपिल्टो पर्ने देब्रे गाला साँच्चै मनमोहक लाग्दथ्यो उसको त्यो रुप । यति राम्री केटी जीवनमा पहिलोपटक देखेको थिएँ ।
म पहाडबाट आएको गाँउले केटो । खुट्टामा हात्तीछाप चप्पल । जडौरी पाइन्ट र सर्ट मेरो आङमा कतै मिलेका थिएनन् । त्यो समयमा उसलाई मन पराएको थिएँ । उसले के गर्दथी थाहा थिएन । हातमा २ वटा कुटको गाता भएको कापी बोकेर उसको पछि लाग्थेँ र उसको नजिक हुन खोज्थेँ । ऊ भने तर्की तर्की हिँड्थी । ऊ केटी साथीको संगतबाट छुट्दिन थिई र छुट्नेबित्तिकै आफ्नै घर पुग्थी । प्रेम भन्ने चीज कस्तो अव्यक्तताबाट सुरु हुन्छ र कहिलेकाहिँ अव्यक्ततामै अन्त पनि हुँदोरहेछ ।
दुईटै आत्माले चाहँदा चाहँदै पनि प्रेम अनायस गुम्न पुग्दोरहेछ । यस्तो कठिन परिस्थितिबाट म पनि गुज्रिरहें । उनलाई के हुन्थ्यो मलाई थाहा नहुने । साँच्चै म कति माया गर्थेँ उनलाई तर आज ऊ मेरो मृत्युको खबर सुनेर दौडेर अव्यक्त प्रेमको खातिर आँशुको बलिदानी दिन आइपुगेकी छे । चिउँडोमा हात राखेर सुँक्कसुँक्क गरिरहेकी छे । सबैको ध्यान मेरो लाशमाथि र म मरेको प्रति भएकाले ऊ को हो ? र किन रोई कसैलाई मतलब थिएन ।
मैले कलेजको एउटा कार्यक्रममा भनेको थिएँ ‘जब तिमीलाई कसैले धेरै चाहन्छ, त्यतिबेला तिमीले बुझ्न सक्दिनौ, जब तिमीले बुझ्न थाल्छेउ त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ र ऊ तिमीबाट धेरै टाढा भइसकेको हुनेछ । फेरि तिम्रो जीवनमा आउनै नसक्ने गरी ।’ त्यो तिमी तिनै अनामिका थिइन् र कसै म स्वयं थिएँ । उसले विद्यार्थीको अघिल्लो पंक्तिमा बसेर मलाई नै सुनिरहेकी थिई । मनमा के लिएकी थिई, मलाई कहिल्यै भनिनँ । मैले त्योबेला भनेको थिएँ, ‘तिमीभन्दा पहिला म मरेँ भने मर्नुभन्दा पहिले १ चम्चा पानी पिलाइदिनु, समसान घाटमा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु है प्रिय, तिमीलाई शुभकामना छ ।’
यसरी मैलै जिन्दगीदेखि साह्रै बिरक्तिएर त्यो भनाइ राखेको थिएँ । उसले कति बुझी या बुझिनँ, थाहा भएन तर आज हामीबीच समयले निकै खाडल बनाइदियो । निकै ढिलो भयो अब ।
म अनामिकालाई धेरै माया गर्थेँ र थाहा भयो विचरी अनामिका पनि मप्रति हुरुक्कै हुँदिरैछे । अनामिकाको त्यति राम्रो आँखाबाट आँसु बगिरहेको छ । सब मलाई हेरिरहेका छन् । म अनामिकालाई हेरिरहेको छु । आज म मरिसकेको छु र म मरेकोमा ज्यादै खुसी पनि छु । म मरेर दाम्लोबाट फुकेको गाई, सर्पको मुखबाट उम्केको भ्यागुतो र जेलबाट छुटेको कैदी जस्तो भएको छु । मेरा आफन्त एकतमास रोइरहँदा म भने खुसी भएको क्षण सायदै यही होला ।
दृश्य हेरेर मलाई पटकपटक जन्मन र मर्न मन लाग्यो । वास्तवमा मान्छे कहाँ मर्दोरहेछ र मेरो शरीरमात्र मरेको छ । म सब देखिरहेछु तर पनि यस्तो नाथे शरीर छाड्न मानिस किन डराउँछ ? यतिखेर मेरो लास कति शान्त छ । रेडियोबाट नारायणगोपालको ‘म मुर्दा भएको तिमी आज हेर’ गीत बजिरहेको सुनिन्छ । मृत्युमा के मिसिएको हुँदैन ? मरेको मान्छेको अनुहारबाट मायाका किरण निस्कन्छ । त्यसैले मृत्युमा माया हुन्छ । करुणा निस्कन्छ । त्यसैले सबै मेरा आफन्त रोइरहेका छन् र बिलौना गरिरहेका छन् । मलाई भने यो संसारको कुनै तनावरहित मानिस कोही छ भने ममात्र छु, जस्तो लागिरहेछ ।
मेरो लासको डोली घाटतर्फ लगिंदैछ । मलाई जलाउन । कसैले मेरो डायरीमा जतनसाथ राखेको मान्यता हुमागाईले लेखेको एउटा गजलको कागज अनामिकालाई दिइरहेको छु । त्यहाँ लेखिएको थियो ‘भोलि बिहानैको समाचार हुनेछ मेरो लास तिमिलाई उपहार हुनेछ । पक्कै यादहरुले सताउन खोज्ला, आँसुहरुको वर्षात लगातार हुनेछ । म हुनेछैन तिम्रो साथमा तर पनि तिम्रा अधुरा सपना साकार हुनेछ । कोही अंगाल्नै पर्ने समय आइदेला भनन प्रिय तिम्रो के विचार हुनेछ ? तिमी रोउला सायद अरु रमाउलान् मलामीलाई आगो लगाउन हतार हुनेछ ।
साभार- राजन थापा

No comments

Recent in Sports

Powered by Blogger.