Header Ads

कथा - "त्यो झरी" ||भाग - १ ||

कथा - "त्यो झरी"
भाग - १
लेखक - बचन राज जोशी
( जति धेरै लाइक, कमेन्ट, शेयर उत्तिनै लेख्ने हौसला थपिदै जान्छ त्यसैले कथा पढिसकेपछी शेयर गर्न नभुल्नुहोला )
कुनै कुनै सम्बन्ध अचम्मका हुन्छन्, आफ्ना हुन् भनौं साथमा हुँदैनन् अर्कैका हुन् भनौं त फेरि यादमा भै दिन्छन् ।
कोहि कोहि मान्छे हरुका याद श्रावण, भाद्र जस्तै हुन्छन् । मनमा बस्छन्, झरी बनेर आँखा बाट झरिदिन्छन तर मन बाट भने कहिल्यै हटेर जाँदैनन् । साथ बाट टाढा टाढा गइदिन्छन तर याद बाट भने बिल्कुलै टाढिदैनन झन् गाढा भएर मन मुटुमा बस्छन् । कहिल्यै भेट नहोस् भन्नेहरू संग नै पटक पटक भेट भइरहन्छ जिन्दगीमा र त पटक पटक चोट लागि रहन्छ मन मुटुमा ।
सुनेको थिएँ मन मुटुमा बसेका मान्छेलाई सम्झेर खसेको आँसुले पीडा दिन्छ भनेर अचेल म संग पनि त्यस्तै चोटै चोटले भरिएका आँशुहरु छन् । नचाहाँदा नचाहाँदै पनि यो मनले अतितका पानाहरु पल्टाइदिन्छ, धुलो मैलो लागेको हुन्छ र पनि टक्टकाइ दिन्छ ।
सम्झिरहन्छु म तिँ दिन, त्यो समय त्यो गाउँ भनौं त त्यो गाउँ मलाई धेरै मन पर्थ्यो । त्यही गाँउकी उनी, उनी अर्थात् मधु 😍
पहिलो भेट, पहिलो हेराइ, पहिलो चोटि पाएको उनि संगको प्रेम आभास अनि पहिलो मेरो प्रेम म कसरी बिर्सन सक्छु र ?
भनिन्छ, जिन्दगीमा यादगर त्यही चिज रहन्छ जुन पहिलो चोटि प्राप्त गरेको हुन्छ । त्यसैले त मैले बिर्सिन सकिरहेको छैन ती सबै पलहरु😭
त्यो दिन अफिसको पहिलो दिन थियो। बल्लतल्ल धेरै पछि पाएको जागिर । माइक्रोफाइनान्स मा । गाउँ गाउँ गएर बिपन्न बर्गका मान्छेहरू को समूह बनाएर उनीहरु लाई परिचालन गर्नु पर्ने थियो । पश्चिम् को मान्छे म पुर्ब आएको थिएँ । क्यार्नु ! पापी पेट पाल्न लाई मान्छेहरु कहाँ कहाँ पुग्छन् सोचेँ नेपाल नै त हो नि ।
चिटिक्क को गाउँ । गाउँ बाट अलि तल पिपल को ठूलो रुख । रुखको दायाँ पट्टी हाम्रो माइक्रोफाइनान्स को अफिस । अफिसमा एक जना ब्रान्च म्यानेजर हुनुहुन्थ्यो । नारायण अधिकारी । अरु चार जना हामी कनिष्ठ सहायक को काम गर्ने कर्मचारी थियौँ । म, सुमित, प्रकाश र शंकर । काम गर्दा खेरी दुई जना दुई जना को टिम बनाएर गाउँ मा मेम्बर बनाउन जानुपर्ने । मेरो टिम मा शंकर परे । अफिसबाट उत्तर तर्फ उकालो माथिको गाउँ हाम्रो क्षेत्र पर्यो ।
अलि उकालो पछि भञ्ज्याङ् परेको । टाढा टाढा छरिएर रहेका रातो माटो र गेरु ले पोतेका घरहरू । अझै सुन्दर त त्यहाँ को प्रकृति । सिरसिरे बतास, चिसो हावा । डाँडा मा बसेको बेला त यस्तो लाग्थ्यो यहीँ डाँडा बाट उडेर म माथी माथी आकाश तिर गइदिउँ अनि अझै हेरौँ यो ठाउँ लाई । परिचीत हुन बाँकी नै थिएँ म त्यहाँ को प्रकृति संग अनि परिचित हुन बाँकी नै थिएँ म त्यो गाउँ संग अनि त्यहाँ का मान्छेहरु संग । तर यस्तो लाग्दैन थियो कि म यो गाउँ संग परिचीत हुन बाँकी नै छु लाग्थ्यो यो गाउँ, ठाउँ संग मेरो पुरानै सम्बन्ध छ ।
Image may contain: one or more people and text
बिहानै देखि सिमसिमे पानी परिरहेको थियो । शहर को मान्छे गाउँ को हावापानी संग घुलमिल नभएर होला मेरो टिम को साथी शंकर लाई ज्वरो ले छोएको थियो । गाँउमा एक्लै जानुपर्ने भयो । केही घन्टा देखि निरन्तर परिरहेको पानी रोकियो । म गाँउतिर हिँडे ।
असार महिना । गाँउतिर सबै मान्छेलाई असार लागेको थियो । घरतिर कसैलाई पनि भेटिन । दिनभर डुलेर पनि ४ जना मात्रै मेम्बर बनाउन सकियो । पानी पर्ला पर्ला जस्तो भयो । गाउँ बाट अफिस तिर झर्नै लाग्नेबेला पर्ला पर्ला जस्तो लागेको पानी साँच्चै परि नै दियो । लौ भयो बर्बाद ! छाता नै नलिएर हिँडेको म ।
हिँड्दै गर्दा बाटोमै एउटा ठूलो रुख अनि रुख मुनितिर चौतारी ओत लाग्ने ठाँउ भेटियो । आधा भिजेको शरिर लिएर दौडिदै म रुख मुनितिर चौतारी ओत लागेँ । पानी परि नै रहेको थियो रोकिने छाँटकाँट नै थिएन । अब त अलिकति पानी ओत लागेको रुख माथी बाट पनि खस्न थालेको थियो । एकसरो लुगामा थिएँ चिसो चिसो आभास भइरहेको थियो । आफ्नो शरिर आफ्नै हातले सुम्सुम्याउदै माथी रुखतिर हेरिरहेको थिएँ । चौतारीमा केही भारी जस्तो आवाज आयो । हेरेँ एकजना केटि ले घाँस को भारी बिसाएकी रहिछन् । गाँउकै कुर्ता सुरुवाल मा सजिएकी उनी ले आफू भन्दा ठूलो घाँसको भारी ल्याएको देखेर म अचम्म भएँ । त्यो भन्दा अचम्म भएँ म उनलाइ देखेर । कत्ती पनि नक्कल, श्रीङ्गार नगरेकी उनी । थोरै काली, लामो कपाल । कालो आँखा चुलबुले हेराइ । धेरै लज्जालु । मुख अघि आएको केही कपाल लाई पछाडी तिर लिँदै ओत लाग्न मै बसेको चौतारीमा आइन् उनी पनि ।
काँधमा हालेको रातो सलको सप्को लाई दुई हातले घुमाउदै के गरौं के गरौं जस्तै भएकी थिइन् उनी । घरी आकाश तिर अनि घरी पानीको बेगलाइ नियाल्दै चुलबुले आँखा हरु यताउता डुकाउँदै थिइन् ।
बोल्न मन नलागेको कहाँ हो र उनी संग तर नयाँ मान्छे अझै त्यो नयाँ ठाउँ आँट नै आएन ।
सोचेँ जे परे पर्ला बोल्नु पर्यो तर के बोल्ने भन्ने सोच्नै सकिनँ
बल्लतल्ल बोलेँ
"कति टाढा बाट ल्याउनु भएको हो र घाँस ?"
क्रमशः

No comments

Recent in Sports

Powered by Blogger.